काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ८० हजार घुस लिएको सव डिभिजन कार्यालय, कैलालीका रेञ्जर रामऔतार चौधरी र वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानाविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार ट्र्याक्टरका चालकसहित काठ बरामद गरेको सन्दर्भमा सो मुद्दा मिलाइदिन्छु भनी घुस लिएको पाइएको छ । आयोगको कार्यालय कञ्चनपुरबाट गएको टोलीले रेञ्जर चौधरी र सीताराम सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष रानालाई घुस रकमसहित केही दिन पहिले पक्राउ गरिएको थियो ।
आयोगले बिगोअनुसार कारवाहीको माग गर्दै उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १० चैत्र २०७७, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा एक करोड बढी आर्जन गर्ने नापी अधिकृतविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको संख्या तेब्बरले वृद्धि
घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो