साँढे पाँच वर्षमा एक दर्जन संस्थाले लिएनन् लोक सेवाको परामर्श

रासस

मंगलबार, १० चैत्र २०७७, १९ : २८
साँढे पाँच वर्षमा एक दर्जन संस्थाले लिएनन् लोक सेवाको परामर्श

काठमाडौँ । संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनमा आएको साँढे पाँच वर्ष पूरा भइसक्दा समेत एक दर्जन बढी सङ्गठित संस्थाले अझै लोक सेवा आयोगको परामर्श लिएका छैनन् ।

लोक सेवा आयोगले आज यहाँ आयोजना गरेको ‘कार्य सम्पादनका छ वर्ष’ विषयक पुस्तक सार्वजनिककीकरण कार्यक्रममा अध्यक्ष उमेशप्रसाद मैनालीले वीर अस्पताल (नाम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) जस्ता ठूला सङ्गठित संस्थाले नै आयोगको परामर्श लिनुपर्ने विषयलाई बुझ पचाएको बताउनुभयो ।

“हाम्रो पदावधि आजदेखि सकिँदै छ, आयोगमा छिटो पदाधिकारी सिफारिस गरिनुपर्छ, भोलिदेखि परीक्षा, बढुवा, अन्तरवार्ता, नतीजा प्रकाशन सबै रोकिन्छ, सचिवसम्मको बढुवा रोकिन्छ, पदाधिकारी नहुँदा निजामती र सङ्गठित संस्थामा कर्मचारी अभाव हुन्छ, यसैले छिटो पदाधिकारी सिफारिस गरिनुपर्छ”, उहाँले भन्नुभयो । 

आयोगले निजामतीका साथै ११९ सङ्गठित संस्थाको कर्मचारी नियुक्ति प्रक्रियामा काम गर्दै आएको छ । आयोगको क्षेत्राधिकार विस्तारपछि सङ्गठित संस्थामा आवेदन दिनेको सङ्ख्यासमेत बढ्न थालेको छ । ती संस्थामा समेत निजामती सेवामा जस्तै योग्य कर्मचारी स्वच्छ र निष्पक्ष रुपमा सिफारिस गर्ने आयोगको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस