काठमाडौँ । सांसद गगनकुमार थापाले अहिलेको सरकार रहुञ्जेल संसदको अपमान, उपेक्षा, तिरस्कार गर्ने काम अझै बढ्दै जाने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै नेपाली काँग्रेसका उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद र सांसदको मात्र अपमान गरेको नभइ जनताको अपमान गरेको उल्लेख गरे । जनताको अपमानको यथोचित समयमा जनताले हिसाब–किताब गर्ने उनको भनाइ छ ।
उनले भने, ‘कहिले प्रश्न छल्न हठात संसद् स्थगित, कहिले पार्टीभित्रको बिरोधी तह लगाउन संसद् भंग, अनि अहिले प्रतिनिधिसभा भंग सही थियो भनेर सावित गर्नका लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च । यो विधेयक अधिवेशन हो । हामी काम गर्न तयार छौँ । एसिड आक्रमणकारीलाई कारवाही गर्न बनाएको विधेयक अघि बढाउन दिएन भनेर हल्ला गर्ने, तर संसदलाई एउटा विधेयक पनि नदिने, अनि विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रियसभाको बैठक पनि नबोलाउने ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० चैत्र २०७७, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा