काठमाडौँ । सांसद गगनकुमार थापाले अहिलेको सरकार रहुञ्जेल संसदको अपमान, उपेक्षा, तिरस्कार गर्ने काम अझै बढ्दै जाने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै नेपाली काँग्रेसका उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद र सांसदको मात्र अपमान गरेको नभइ जनताको अपमान गरेको उल्लेख गरे । जनताको अपमानको यथोचित समयमा जनताले हिसाब–किताब गर्ने उनको भनाइ छ ।
उनले भने, ‘कहिले प्रश्न छल्न हठात संसद् स्थगित, कहिले पार्टीभित्रको बिरोधी तह लगाउन संसद् भंग, अनि अहिले प्रतिनिधिसभा भंग सही थियो भनेर सावित गर्नका लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च । यो विधेयक अधिवेशन हो । हामी काम गर्न तयार छौँ । एसिड आक्रमणकारीलाई कारवाही गर्न बनाएको विधेयक अघि बढाउन दिएन भनेर हल्ला गर्ने, तर संसदलाई एउटा विधेयक पनि नदिने, अनि विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रियसभाको बैठक पनि नबोलाउने ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० चैत्र २०७७, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउँछ’ : गगन थापा
पुनर्गठित कांग्रेस लिएर चुनावमा जाऔं : गगन थापा
यस्तो छ गगन थापाले केन्द्रीय समितिमा राखेको प्रस्ताव (पुर्णपाठ)
महाधिवेशनको कार्यतालिका पेस गर्दै गगन थापा, पुसभित्रमा महाधिवेशन गर्ने कार्यतालिका
छठका कार्यक्रममा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु : गगन थापा
केन्द्रीय समितिमा सभापति देउवा अन्तिम पटक सहभागी हुनुभयो : गगन थापा