काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा पार्टीबाट अलग भएका नेताहरुलाई कारवाही र सरकारलाई दिइरहेको समर्थन फिर्ता लगायत विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
माओवादी केन्द्रको बैठकले यसअघि नै स्थायी कमिटीलाई सरकारको समर्थन फिर्ता लिने, नेताहरुलाई कारवाही गर्नेलगायत अधिकार दिइसकेको छ।सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण उल्टाएपछि सरकारमा सहभागी केही मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने भन्दै फर्किएका छैनन्। उनीहरुलाई एमालेको केन्द्रिय सदस्य समेत बनाएको छ ।
गृहमन्त्री रामबहादुर थापा, उर्जा टोपबहादुर रायमाझी, उद्योग लेखराज भट्ट, सहरी विकास प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौशीशंकर चौधरी र युवा तथा खेलकुद दावा तामाङलगायत २३ जनालाई एमाले कन्द्रीय कमिटीमा मनोनित गरेसँगै माओवादी केन्द्रले स्पष्टिकरण सोधेको थियो । बैठकले यि सबैलाई कारवाही गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० चैत्र २०७७, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान अनिश्चितकालका लागि स्थगित
माओवादी र नेसपा (गंगानारायण श्रेष्ठ) समूहबिच पार्टी एकता
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
गणतन्त्रको माया त माओवादीलाई छ : हिमाल शर्मा
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड