सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ गोप्कागाउँका एक बालक १० दिनदेखि बेपत्ता भएका छन् । चैत १ गतेदेखि १४ वर्षीय राजु विक सुर्खेतको रङ्गशालाबाट बेपत्ता भएका छन् ।
केही दिन अगाडि हुम्लाबाट मोबाइल मर्मत तालिम सिक्न सुर्खेत पुगेका उनी १० दिनदेखि सम्पर्कमा नआएको उनका दाजु राजेन्द्र विकले बताए । सुर्खेतमा प्रत्येक महिनाको १ र १५ गते लाग्ने मेला हेर्न १ गते सुर्खेत रङ्गशाला पुगेका विक त्यस दिनदेखि घर फिर्ता नभएको उनका दाजुले गुनासो गरे । दश दिनसम्म खोजी गरेको भए पनि कोही कसैको सम्पर्कमा नआएको उनले बताए ।
चैत १ गतेदेखि हराएका भाइको खोजी गरिदिन प्रहरी कार्यालय सुर्खेतमा शनिबार निवेदन दिएको विकले जानकारी दिए । सुर्खेत पुगेका विकले मोबाइल तालिमसँगै सङ्गीत सिकिरहेका थिए । बेपत्ता विकको मोबाइल स्वीचअफ छ । विक सुर्खेतको कालिञ्चोकमा डेरा लिएर बस्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १० चैत्र २०७७, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
मकवानपुरमा खोलाले बगाउँदा एक जना बेपत्ता
नदीमा डुबेर किशाेर बेपत्ता
मादी नदीले बगाएर एक जना बेपत्ता
खोलाले बगाउँदा एक युवक बेपत्ता
४९ जना सवार रुसी जहाज बेपत्ता, खोजी कार्य तीव्र