दाङ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व सभामुख कृष्णबहादुर महराले देश परिर्वतनको जिम्मा शिक्षकको काधमा आएको बताएका छन् । एकिकृत अखिल नेपाल शिक्षक संगठन घोराही नगर कमिटीले बाह्रकुनेमा आयोजना गरेको वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालको शैक्षिक आन्दोलनमा शिक्षकको भुमिका महत्वपूर्ण रहेको भन्दै नेपालको पछिल्लो राजनितिक घटनाको निकास दिन देशभरका शिक्षकले सरकारलाई दवाब दिनु पर्ने धारणा व्यक्त गरे । आफ्नोे राजनितिक यात्रा शिक्षण पेशाबाट सुरु गरेको स्मरण गर्दै पूर्व सभामुख महराले पछिल्लो समय सरकारले शिक्षक माथि गरेको व्यवहार अन्यायपूर्ण रहेको टिप्पणी गरे ।
नेपालको मुलधारको राजनिति आफू लागेपनि फेरी शिक्षक पेशामा फर्कने चाहेको उल्लेख गरे । त्यसअबसरमा माओवादी केन्द« दाङका संयोजक सुवास पुन, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश ईन्चार्ज बसन्तराज अधिकारी, जिल्ला अध्यक्ष हुकुम बुढाथोकी, लगाएतले बोलेका थिए ।
नगर अध्यक्ष मोहन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव खड्क बहादुर वलीले गरेका थिए । कार्यक्रममा घोराही नगरक्षेत्रका झण्डै २ सय शिक्षकको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०८ चैत्र २०७७, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान अनिश्चितकालका लागि स्थगित
माओवादी र नेसपा (गंगानारायण श्रेष्ठ) समूहबिच पार्टी एकता
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड
गणतन्त्रको माया त माओवादीलाई छ : हिमाल शर्मा
सबै दल जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्छ: प्रचण्ड