काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे उनको सचिवालयले विज्ञप्ति नै जारी गर्नुपरेको थियो । खनालको स्वास्थ्य अवस्थाबारे विभिन्न अनलाइन मिडियामा गम्भीर भनेर समाचार आएपछि खनालको सचिवालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईले प्रेस विज्ञप्ति जारी गरी खनालको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री झलनाथ खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य मात्र समस्या देखा परेको अवस्था हो। बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन ।
कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील कुराहरुमा सुचना सम्प्रेषण गर्नु भन्दाअगाडि परिवारसँग जानकारी लिने वा सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्न सबैमा सचेत गराइन्छ।’
विज्ञप्तिमा खनालको स्वास्थ्य अवस्था सामान्य रहेको, पार्टी कमिटीका सम्पूर्ण कार्यक्रमहरुमा सक्रियताका साथ लाग्ने काम भइरहेका हुँदा बाहिर आएको गलत सुचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय सबैमा अपिल गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ चैत्र २०७७, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'एमालेले निकाले पनि भीम रावल देशभक्त नेता हो’ : झलनाथ खनाल
लिपुलेकमात्र होइन, सुगौली सन्धिअघिका सबै भू-भाग नेपालकै हुन्: झलनाथ खनाल
झलनाथ र खड्गबहादुर विश्वकर्माबिच छलफल
माधव नेपाललाई भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, तर गलत बुझियो : झलनाथ खनाल
दलहरू मुलुकको आर्थिक तथा सामाजिक सुधारका लागि गम्भीर हुनुपर्छ : नेता खनाल
'हरेकदिन २५ सय मानिस विदेशिन्छन्, यही हो बहुदलीय जनवाद ?' : झलनाथ खनाल