देउवा किन तयार हुन्नन् वैकल्पिक प्रधानमन्त्री बन्न ?

सफल खबर संवाददाता

आइतबार, ०८ चैत्र २०७७, ०८ : ३४
देउवा किन तयार हुन्नन् वैकल्पिक प्रधानमन्त्री बन्न ?

काठमाडौं । प्रधानमन्त्री वन्न साम, दाम , दण्ड,  भेद सबै  अस्त्र राजनीतिज्ञहरुले प्रयोग गर्छन् । राजनीति गर्ने जो कसैका पनि राजनीतिक जीवनको एउटा लक्ष्य हुन्छ, –आफु नेतृत्वको सरकार निर्माण गरौं, आफ्नो योजनामा देशलाई अगाडी बढाऔं । यो अवसर गत फागुन २३ यता कांग्रेस सभापति शेरवहादुर देउवाको थाप्लोमा उनले कुनै दुखसाध्य नगरेरै पनि बाजा बजाएर आएको छ ।

तर पनि देउवा हत्तारिएको देखिदैनन । आखिर किन ? ज्योतिषले नै ७ पटक उनलाई प्रधानमन्त्री बन्ने अबसर छ भनेर घोषणा गरिदिएकै छन् । चार पटक प्रधानमन्त्री बनिसकेका उनी अब पाचौ पटक कहिले बन्छन् ? तीन वर्ष पार्टी एकता गरेपछि अन्तत सिंग सिगरासिंगुर गरेर आ आफ्नै दल स्याहार्न प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) लागेपछि देउवाका लागि प्रधानमन्त्री भाग्योदय चिठठा जस्तै बन्न पुगेको छ । तर पनि ओली हत्तारिएको देखिदैन ।

उनलाई ओलीको विकल्पमा वैकल्पिक प्रधानमन्त्रीका रुपमा माओवादी केन्द्रले प्रस्ताव समेत गरिसकेको छ । आफु प्रधानमन्त्री बन्ने लाइनमा नभएको भन्द्र प्रचण्डले प्रष्ट सन्देश दिएर देउवालाई अगाडी बढ्न आग्रह गरिसकेका छन् । जसपाको एउटा समुह अर्थात डा बाबुराम भटटराई र उपेन्द्र यादव समेत ओलीलाई जसरी पनि सत्तावाट हटाउनु पर्नेमा दरिलो गरि उभिएकै छ । कांग्रेसभित्र पनि सधै विपक्षी आवरण बवनाएका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समेत देउवालाई अगाडी सरे सहयोग गर्ने नीति बनाईसकेको छ ।

यति हुँदा हुदै पनि देउवा प्रधानमन्त्रीका लागि पूर्ण रुपमा अझै तयार नहुनुको भित्री कारण के होला ? देउवा निकट एक नेताले सफलखबरसँग भने, –’अझै परिपक्व वातावरण बनेको छैन । हामी हतारिएर मात्र हुदैन ।’

देउवा स्वंमले पनि शनिवार चितवन पुगेर यस्तो बेला  शेरवहादुर किन प्रधानमन्त्रीबनेन भन्छन् भन्दै आफ्नो वाध्यता सुनाउँदै भने,–‘शेरबहादुर देउवा प्रधानमन्त्री किन बनेन भन्छन्, एमालेमा ओली र नेपालबीच झगडा छ, अहिले पनि झगडा गर्नेहरु पछि नगर्लान् भन्न सकिँदैन । त्यसैले प्रधानमन्त्री बन्ने भनेर फस्ने कुरा हुँदैन, अब सरकारभन्दा पनि पार्टी बलियो बनाउनतिर लाग्नुपर्ने हुन्छ हामी ।’

देउवाको यो पछिल्लो अभिब्यक्तिले पनि उनी नयाँ  सरकार बनाउन र आफनो टाउकोमा आउन लागेको प्रधानमन्त्रीको पगरी गुथ्न तयार अझै देखिदैनन भन्ने नै देखाउँछ । देउवालाई यो तीन वर्ष प्रतिपक्षी नेताको आवरणमा ओलीसागै भागवन्डामा सौदावाजी मात्र गरेको आरोप लागेको थियो ।

अहिले पनि देउवा र ओलीका वीचमा कतिपय अघोषित सम्झौता छन भन्ने आशंका कांग्रेस र अन्य कतिपय राजनीतिक नेताहरुलाई लागेकै छ । आफनो हातमा लडडुका रुपमा आएको प्रधानमन्त्री पदमा पनि देउवा इच्छुक नवनिरहनुभित्र आशंका गरिएझै कतै देउवा ओली सम्झौता त भएको छैन ? प्रश्न स्वभाविक रुपमा उठेको छ ।

ओलीले पुस ५ मा विघटन गरेको प्रतिनिधि सभा फागुन ११ मा सर्वोच्चले प्रधानमन्त्रीको कदम असंवैधानिक घोषित गर्दै पुनःस्थापित गरिदिएपछि वैकल्पिक सरकारको बहस सुरु भएको छ ।  तर, त्यसको झन्डै एक महिना हुन लाग्दासम्म वैकल्पिक सरकारको खाका तयार हुन नसक्दा माओवादी केन्द्र ओली सरकारलाई दिएको समर्थन कायमै राखेर बसिरहनु परेको छ ।

माओवादी केन्द्रले महिना दिन लगाएर ओलीलाई विश्वासकोम त लिने वातावरण बनाउनु भन्दा कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर अविश्वास प्रस्ताव ल्याएर ओलीको विदाई गर्न चाहिरहेको छ । त्यही कारण पनि उसले पहिले खाका बनाउने र त्यसपछि मात्र सिधा अविश्वास प्रस्तावमा गएर आफनो विश्वासको मत फिर्ता गर्ने योजना माओवादी केन्द्रको देखिन्छ ।

तर देउवाको ढिलाढालीले खास प्रगति हात लाग्न सकेको छैन वैकल्पिक सत्ता समिकरणका बारेमा ।

ओलीले पनि चाहिरहेकै यस्तै छ । आफनो विरुद्ध कसैले केही गर्न नसकोस् । पार्टीमा उनले आफ्नै विपक्षमा रहेका नेताहरुले मतदान गर्नुपर्ने अवस्थामा फलोर क्रस गर्न सक्ने भयका कारण सांसदलाई कारवाही देखि हेरफेर सम्मका सवै अधिकार आफुमा केन्द्रीत गरेर हिटलर बन्ने शैलीमा लागेका छन् ।

यस्तो वेला देउवाले आफुले अग्रसरता देखाएर जसपालाई प्रष्ट धारणा दिएर अगाडी बढनुपर्नेमा त्यसो नगरी देउवा चुपचाप रणनीतिमा लाग्नुले अनौठो राजनीतिक अभ्यास देखिएको छ । वैकल्पिक सत्ता समिकरणको खाका तयार नहुदा न संसदले विजनेस नै पाएको छ, न सरकार नै नयाँ पाएको छ । यसले अझै राजनीतिक मोड कुन रुपमा जाने भन्ने अन्यौलता नै सिर्जना गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस