काठमाडौं । प्रतिनिीधसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले गोलचक्करमा फसेको नेपालको अहिलेको राजनीतिलाई निकास दिन नयाँ जनादेशमा जानु उपयुक्त विकल्प भएको बताउनुभएको छ ।
मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित सडकको आज शिलान्यास गर्दै उहाँले नेपालको राजनीति गोलचक्करमा फसेकाले व्यक्तिको आकाङ्क्षाको व्यव्स्थापन एवं सम्बोधन गर्न राजनीतिमा चुनौती र जटिलता थपिएको बताउनुभयो ।
एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका बस्नेतले गोलचक्करमा फसेको राजनीतिलाई निकासा दिन यो सदनले सक्नेमा आशङ्का व्यक्त गर्दै भन्नुभयो, “अहिलेको संसद्ले निकास दिन सक्ला नसक्ला, यो अवस्थामा जनतालाई नै निकासको अधिकार दिएर जतिसक्दो छिटो नयाँ जनादेशमा गएर राम्रो नेता छानेर स्पष्ट बहुमतको स्थिर सरकारमा बनाउनु उपयुक्त हुन्छ ।”

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०७ चैत्र २०७७, २१ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्तमान सरकार अधिनायकवादी र निरंकुश शैलीमा अघि बढिरहेको महेश बस्नेतको आरोप
सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
कार्की आयोगको प्रतिवेदनबारे सरकारको निर्णय कुटिल र षडयन्त्रपूर्ण : महेश बस्नेत
कार्की आयोगको प्रतिवेदन आग्रहपूर्ण र षड्यन्त्रपूर्ण छ : महेश बस्नेत
परिणाम अनुकूल भएन, जनताको निर्णय सर्वोपरि : महेश बस्नेत
‘बुथबाट मतपेटिका लैजाँदा दलको प्रतिनिधि सहभागी नगराउने कुरा स्वीकार्य हुँदैन’: महेश बस्नेत