काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले हाल कायम रहेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । हाल एमालेमा २२४ सदस्यीय केन्द्रीय समिति रहेको छ ।
ज्ञवालीले महाधिवेशन आयोजक कमिटीमा अध्यक्ष स्वतः अध्यक्ष केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेल रहेका छन् । अन्य पदाधिकारी आवश्यकता अनुसार अर्को बैठकले चयन गर्ने उनले बताए ।
यस्तै आयोजक समितिमा रहेका सदस्यहरुको कार्यविभाजन गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, नेताहरु टोपबहादुर रायमाझी र शंकर पोखरेल रहेको एक समिति बनाइएको छ ।
बैठकले पार्टी हित विपरितको गतिविधि गरेको भन्दै नेता माधव कुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । उनीहरुले दिने स्पष्टीकरणको आधारमा बैठकले आवश्यक निर्णय लिने ज्ञवालीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ चैत्र २०७७, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेद्वारा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
एमालेले गर्यो प्रदेश कमिटी र विभागमा मनोनयन, को-को परे ? (सूचीसहित)