काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको संसदीय दलले बनाएको संसदीय बोर्डमा आफूहरु नबस्ने बताएका छन् । सर्वोच्चको फैसला अनुसार एमालेलाई ७५ साल जेठ ३ गतेको अवस्थामा नफर्काएसम्म पार्टीको कुनै निर्णय नमान्ने उनको भनाइ छ ।
आज आयोजित आफ्नो पक्षका युवाहरुको भेलामा नेपालले भने, ‘हामी दुई जना बबुरोलाई कृपादृष्टि पुर्याएर संसदीय बोर्डमा राख्ने काम भएछ । तर, हामी त्यसमा बस्दैनौं । बस्नु छैन । बोर्ड पहिले वैधानिकरुपमा गठन हुनरपर्यो ।’
उनले ३ वर्ष अगाडिको अवस्थामा फर्काएर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिए । त्यसो भएको खण्डमा ओलीसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको उनको स्पष्टोक्ति छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ चैत्र २०७७, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
पार्टीविरुद्ध गलत प्रचार भए प्रतिवाद गर्नुपर्छ : अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा