एमाले संसदीय दलको बैठकमा बादलपनि सहभागी

सफल खबर संवाददाता

शनिबार, ०७ चैत्र २०७७, १३ : ३७
एमाले संसदीय दलको बैठकमा बादलपनि सहभागी

काठमाडौं । एमाले संसदीय दलको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा पूर्वमाओवादी नेता उनी सहभागी भएका हुन् ।

सर्वोच्चको फैसलासँगै एमाले र माओवादी ब्यूतिएपनि उनी एमालेमै रहेका छन्  । यस्तै एमाले नेता माधव कुमार नेपाल पक्षीय ४ सांसद पनि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

नेपाल पक्षीय सांसदहरु कृष्णभक्त पोखरेल, सोम पाण्डे र जीवनराम श्रेष्ठ बैठकमा सहभागी भएका हुन् ।
 

प्रतिक्रिया दिनुहोस