चितवन । राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ । भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो ।
उनीले मालपोत कार्यालय भरतपुरको राजस्व खातामा जम्मा गर्नुपर्ने रकम नक्कली छाप तथा दस्तखत र बिल भर्पाई बनाई हिनामिना गरेका थिए । रु एक करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका मालपोत कार्यालयका तत्कालीन लेखा अधिकृत परियारलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले शुक्रबार परियारलाई पुर्पक्षका लागि भरतपुर कारागार पठाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ । परियारलाई जिल्ला प्रहरी कार्यालयबाट भरतपुर कारागार पठाइएको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो ।
सरकारी वकिल कार्यालयले सात वर्ष कैद माग दाबी गर्दै जिल्ला अदालतमा बिहीबार मुद्दा दायर गरेको थियो । परियारले सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भर्पाई गरी रु एक करोड १७ लाख २४ हजार ५३८ हिनामिना गरेको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०७ चैत्र २०७७, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ
कास्कीमा जेनजी आन्दोलन: आगजनी र तोडफोड गर्ने रास्वपा नेतासहित ४ जना कारागार चलान
जलेश्वर कारागारका २७३ कैदीबन्दी अझै फरार
भीमफेदी कारागारबाट भागेका १५४ कैदीबन्दी अझै सम्पर्कविहीन
जेन जेड प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार १२२ कैदी काठमाडौँबाट पक्राउ
कञ्चनपुर कारागारका फरार ११६ कैदीबन्दी सम्पर्कमा आएनन्