काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन्। खरेल प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा २० बमोजिम महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।
झापाको गौरादह निवासी खरेल २०६४ र २०७० को संविधानसभा सदस्य रहेका थिए । प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्रीको जिम्मेवारीमा रहेका उनी नेपाल बार एशोसिएसनका पूर्व महासचिवसमेत हुन्। महान्यायाधिवक्ताको जिम्मेवारीमा रहनुअघि उनी एमालेको पोलिटब्युरो सदस्य थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ चैत्र २०७७, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री लेखकले दिए राजीनामा
रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले दिए राजीनामा
मुख्यमन्त्रीले स्वकीय सचिवमार्फत प्रदेश प्रमुख कार्यालयमा राजीनामा बुझाए
राज्यमन्त्रीको राजीनामा महिना दिन देखि प्रधानमन्त्री कार्यालयमा किन थन्कियो ?
देउवाको निर्देशनपछि मुख्यमन्त्री लामा राजीनामा दिन तयार