उखु किसानको भुक्तानी समस्याको दिर्घकालिन समाधान निकालिएको छ : कृषिमन्त्री अर्याल

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०७७, ११ : ५३
उखु किसानको भुक्तानी समस्याको दिर्घकालिन समाधान निकालिएको छ : कृषिमन्त्री अर्याल

file Photo

काठमाडौं । नेपाल सरकारले उखु किसानहरुको उखु विक्री तथा भुक्तानीको समस्याको दीर्घकालिन समाधान निकालेको बताएको छ । उखु किसानको समस्या सरकारको काम, कारबाही र प्रतिष्ठाको विषय बनिरहेको छ । सरकारले भुक्तानीको लागि ब्यवसायीहरुलाई दबाब दिए पनि पूर्ण रुपमा कार्यान्वयन हुन सकिरहेको छैन ।

यसै बिचमा कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा आर्यलले उखु किसानको भुक्तानी समस्याको दिर्घकालिन समाधान (फेरी नदोहोरिने गरी) निकालेको दाबी गरेकी छन् । मन्त्रालयमा पत्रकारसंगको कुराकानीमा मन्त्री अर्यालले उखु किसानको पहिचान दिने र दर्ता गराएर थप सेवा/सुविधा, अनुदान उपलब्ध गराउने गरी योजना बनाइएको बताइन् । मन्त्री अर्यालले मन्त्रालय सम्हाल्ने बित्तिकै किसानको समस्यालाई तत्काल गर्न सकिने र दीर्घकालिन समस्या के हुन सक्छ भनेर अध्ययन गराएको बताइन् । सम्वादमा मन्त्री अर्यालले किसानहरुको भुक्तानी बक्यौता ८५ प्रतिशत भइसकेको दाबी गरिन् ।

कृषि मन्त्रालय आफैले भुक्तानी गर्न बाँकी रहेको करिब २ करोड रुपैँया समेत किसानको खातामा गएको बताइन् । किसानहरुले फेरि यस प्रकारको समस्या झेल्न नपरोस् भनेर अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था गरिने मन्त्री अर्यालले बताइन् । किसानले पाउने अनुदानमा बिचौलिया घुस्ने र दुरुपयोग गर्ने अवस्था उखु किसान दर्ता हुनासाथ हट्ने दाबी मन्त्री अर्यालले गरीन् । किसान दर्ता प्रक्रियामा आएपछि सरकारले दिने अनुदान किसानको बैंक खातामा जानेछ ।

यससँगै किसानलाई उखुको उन्नत जातको बिउ उपलब्ध गराउन मित्र राष्ट्र भारतबाट ल्याउने गरी परराष्ट्र मन्त्रालय मार्फत कृषि मन्त्रालयले काम अगाडी बढाइ सकेको पनि मन्त्री अर्यालले बताइन् । यसैगरि कृषि मन्त्रालयले नार्क मार्फत उखु उत्पादन हुने १२ वटा जिल्लामा उखुको ब्रिडिङ गर्ने कामको थालनी भइसकेको बताइन् । सरकारले थालनी गरेको कामले उखुको उत्पादन तथा बजार ब्यवस्थापनमा महत्वपूर्ण भुमिका खेल्ने मन्त्री अर्यालले बताइन् ।

प्रतिक्रिया दिनुहोस