प्रधानमन्त्री ओली माथी माधव नेपाल पक्षको दर्जनौं आरोप (हेर्नुहोस प्रस्ताव सहित)

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०७७, ०८ : १४
प्रधानमन्त्री ओली माथी माधव नेपाल पक्षको दर्जनौं आरोप (हेर्नुहोस प्रस्ताव सहित)

काठमाडौं । सत्ताधारी नेकपा एमालेका शिर्ष नेताहरुका बीचमा चुलिएको अन्तरसंर्घष चरम विन्दुमा पुगिरहेका बेला वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समुहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरी प्रधानमन्त्री केपी ओलीको कार्यशैलीमाथी दर्जनौ गम्भिर आरोप लगाउँदै लिखित रुपमा प्रस्ताव पेश गरेका छन् ।

खनाल–नेपाल समुहले देशभरबाट काठमाडौं बोलाएका नेता कार्यकर्ताका वीचमा वरिष्ठ नेता नेपालले बुधबार पेश गरेको ९ पृष्ठ लामो अवधारणा पत्रमा ओली सुनियोजित रुपमा पार्टी विभाजन गर्न अगाडि बढेपछि एमालेको एकता बचाउन र कम्युनिष्ट आन्दोलनको रक्षा गर्नुपर्ने असाधारण परिस्थितीमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्नुपरेको उल्लेख गरिएको छ ।

पार्टीमा हुर्कँदै गरेको चरम महात्वकाङक्षी व्यक्तिवादी गुटबन्दीले पार्टी र आन्दोलनमाथि थप्दै गरेका चुनौती, त्यसले भत्काउँदै गरेको सामूहिकतायुक्त पार्टी जीवन, लोकतान्त्रिक मूल्य र भावनाको क्षय, विचारहीन, असैद्धान्तिक तथा अराजनीतिक प्रवृत्तिहरुको बृद्धि र त्यसले पार्टी र आन्दोलनमा उत्पन्न गरेकोे विभिजन तथा विघटनका आशंका बढ्दै गएको नेपालले पेश गरेको अवधारणा पत्रमा उल्लेख छ ।

सर्वाेच्च अदालतले संविधानको गलत व्याख्या गर्दै अदालतले दुई पार्टी (एमाले र माओवादी केन्द्र) को राजनीतिक एकतालाई कानूनी व्याख्याद्वारा एकीकरण अगाडीको अवस्थामा पुरयाईदिएको घटना प्रधानमन्त्री एवंम पार्टी अध्यक्ष ओली सहितका सबैले आफैले कबोल गरेका वाचाहरुको प्रतिकुल रहेको ठहर नेपालले गरेका छन् । तर त्यसमा समेत  हर्षबढ्याई गरेर ओलीले एकताबद्ध नेपाल कम्युनिष्ट पार्टीको विभाजलाई आफ्नो गुटको विजय र अरुको पराजयका रुपमा प्रचार गराउने काम गरेको नेपालको प्रस्तावमा छ । 

प्रस्तावमाथी  हिजै देखि समुहगत छलफल हुन थालेको छ । सहभागीहरुलाई विभिन्न १० वटा समुह विभाजन गरी छलफल भईरहेको छ ।  सहभागीहरुको समूह विभाजन तथा छलफलमा सहजीकरण गर्नका लागि प्रदेश नम्बर १ मा  भीमप्रसाद आचार्य, प्रदेश नम्बर २ मा घनश्याम भुसाल, बागमती प्रदेशमा कमरेड अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली, कर्णाली प्रदेशमा योगेश भट्टराई, सुदूरपश्चिम प्रदेशमा भीम रावल, सम्पर्क कमिटीमा कमरेड बेदुराम भुसाल, जनसंगठन तथा पेशागत संगठनमा बेदुराम भुसाल र केन्द्रीय निकाय तथा विभागमा अमृतकुमार बोहरालाई जिम्मेवारी तोकिएको छ ।

१० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरि बिहिवारको बैठकमा प्रस्तुत गर्ने र प्राप्त सुझावका आधारमा आगामी ३ महिनाका लागि कार्ययोजना बनाउने तयारी खनाल नेपाल पक्षको छ ।

ओलीमाथी खनाल नेपाल समुहले लगाएको दर्जनौं आरोप सहितको अवधारण पत्र हेर्नुहोस :
https://www.safalkhabar.com/uploads/media/prakash%20dahal/Final%20draft%20of%20the%20document%20for%20%20national%20convention-2.pdf

प्रतिक्रिया दिनुहोस