मंगोलियामा धुलोसहितको आँधी आयो, ६ जनाको मृत्यु, ८० बढी मानिस बेपत्ता

एजेन्सी

सोमबार, ०२ चैत्र २०७७, १२ : १३
मंगोलियामा धुलोसहितको आँधी आयो, ६ जनाको मृत्यु, ८० बढी मानिस बेपत्ता

सांकेतिक तस्वीर

मंगोलिया  । धुलोसहितको आँधी आउँदा मंगोलियामा ६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार रातिदेखि आएको सो आँधीका कारण अझै ८१ मानिस बेपत्ता छन् ।

मंगोलियाको आपतकाल व्यवस्थापन विभागका अनुसार ५ सय ४८ मानिस बेपत्ता भएकामा ४ सय ६७ जना सम्पर्कमा आएका छन् । बाँकी ८१ जना अझै सम्पर्कबिहीन भएका छन् । 

यसैगरी आँधीका कारण मुलुकको पश्चिमी क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको जनाइएको छ । 

छिमेकी मुलुक चीनमा पनि आँधीको असर परेको समाचारमा उल्लेख छ । राजधानी बेइजिङलगायतका उत्तरी क्षेत्रमा दशककै सबभन्दा ठुलो बालुवासहितको हुरी चलेको बताइएको छ ।
 

प्रतिक्रिया दिनुहोस