काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पेरिसडाँडामा स्थायी समिति बैठक चलिरहँद एमाले नेता भीम रावल अचानक पुगे । बैठकमा माओवादी केन्द्रले रामबहादुर थापा बादलसहित पहिला आफ्नो पक्षबाट पठाइएका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्दागर्दै एमाले नेता रावल बैठक हलमै पुगेका थिए । माओवादी केन्द्रले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गर्दा नेता रावल बैठक हलमै थिए ।
सोही बैठकमा नेकपा एमालेको केपी ओली पक्षले शुक्रबार विस्तार गरेको केन्द्रीय कमिटीमा रहेका माओवादी तर्फका नेताहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय गरेको थियो । माओवादी केन्द्रका मुख्य सचेतक देवप्रसाद गुरुङले सरकारलाई दिएको समर्थन यथावत रहेको जनाएका छन् । उनले बैठकमा एमाले नेता भीम रावलको पनि उपस्थिति भएको बताए ।
उनका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेता रावल त्यहाँ गएका थिए । नेता रावलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग केहीबेर छुट्टै बसेर कुराकानी गरेका थिए । रावल र प्रचण्डबीच के विषयमा कुराकानी भयो भन्ने कुराको खुलासा हुन सकेको छैन । समसामयिक विषयमा दाहालसँग रावलले छलफल गरेको माओवादी केन्द्रका एक नेताले बताए ।
माओवादी केन्द्रले बैठकले एमाले केन्द्रीय कमिटीमा समाहित भएका नेताहरूलाई स्थिति स्पष्ट पार्न निर्देशन दिने निर्णय गरेपनि सरकारलाई दिएको समर्थन फिर्ता नलिएको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अन्य राजनीतिक दलहरूसँग वार्ता भइरहेको हुनाले तत्काल समर्थन फिर्ता नलिएको बताए ।
एमालेको शुक्रबार बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेको विषयमा रावलले प्रचण्डसँग कुराकानी गरेको स्रोतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ फागुन २०७७, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलको टिप्पणी: टिके चलनको निकृष्ट नमुना
भीम रावललाई साथ दिने एमाले नेता निष्काशित
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै
भीम रावलले टुंग्याए पार्टीको नाम
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल