काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ पत्रकार सुशील शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
पत्रकार शर्माको काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा ६३ वर्षको उमेरमा आज निधन भएको हो । स्व शर्माले लामो समयसम्म बीबीसी नेपाली सेवामा काम गनुभएको थियो ।
सभापति देउवाले शोक विज्ञप्तिमार्फत उहाँको निधनको खबरले आफूलाई अत्यन्त दुःखीत बनाएको उल्लेख गर्दै शर्माले पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएको बताउनुभएको छ ।
उहाँको निधनबाट पत्रकारिताको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै सभापति देउवाले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २८ फागुन २०७७, २० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल