काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भेला गरेको छ। शुक्रबार कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा पौडेलसहित नेताहरूले भेला गरेका हुन्।
सभापति शेरबहादुर देउवाले आज अपरान्ह ३ बजे पार्टी पदाधिकारी बैठक राखेका छन्। उक्त भेलाअघि पौडेल पक्षका नेताहरू छलफलमा जुटेका हुन्।
महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले वरिष्ठ नेतासहित केही नेताहरू छलफल गरेको बताए।
वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत भेलामा जुटेका थिए। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत काम गरिरहेकोले कांग्रेसले कडा ढंगले विरोध गरेर जानुपर्ने निश्कर्ष निकालेका छन्।
सरकारले संसदमा पेश गरेका संवैधानिक परिषदलगायत विधेयकमाथि कांग्रेसले आपत्ति जनाउँदै फिर्ता लिन आग्रह गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ फागुन २०७७, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेसले गर्यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा