नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने

सफल खबर संवाददाता

शुक्रबार, २८ फागुन २०७७, १२ : २२
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने

file Photo

काठमाडौं । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । 

शुक्रबार अपरान्ह ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक राखिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

‘आज अपरान्ह ३ बजे पदाधिकारी बैठक बस्दैछ,’ उनले भने। साथै जनता समाजवादी पार्टी नेपालले पनि कांग्रेससँग छलफल गर्न समय लिएको छ।

पौडेलका अनुसार जसपा नेताहरूसँग सभापति देउवालगायतले अपरान्ह ४ बजे बुढानिलकण्ठमा नै छलफल गर्ने कार्यक्रम पनि तय भएको छ।

जसपाले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार भेटवार्ता गरेको थियो। 

प्रतिक्रिया दिनुहोस