कतारले माग्यो ७ जना नेपाली पुरुष कामदार, तलब कति ?

रासस

शुक्रबार, २८ फागुन २०७७, ११ : ५७
कतारले माग्यो ७ जना नेपाली पुरुष कामदार, तलब कति ?

काठमाडौं । कतारको दोहा शहरमा रहेको आइडेन्टी क्रेटिभ डेसिङ एण्ड कन्ट्राक्टिङ कम्पनीमा नेपाली कामदारको माग गरिएको छ । कम्पनीले लेबरका लागि ३ जना, ड्राइभर एक र वर्कर ३ जना गरि जम्मा ७ जना नेपाली पुरुष कामदारको माग गरेको हो ।

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित करिब २८ हजार देखि ५४ हजार सम्म पाउनेछन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । 

करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले पोखरा रिक्रुटमेन्ट प्रा ली सीतापाइला काठमाडौंमा चैत्र ६ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च,  स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।