दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
नुहाउने क्रममा नदीले बगाएर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । नदीले बगाएर बेपत्ता भएका थापालाई कपडा राखिएको ठाउँभन्दा एक किलोमिटर पर भेटिएको थियो । नदीमा बगेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २८ फागुन २०७७, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु