बैंकको ब्याजदर बढ्ने संकेत, केहीले बढाइसके

पत्रपत्रिकाबाट

शुक्रबार, २८ फागुन २०७७, ०७ : ४७
बैंकको ब्याजदर बढ्ने संकेत, केहीले बढाइसके

काठमाडौँ । लामो समयदेखि वित्तीय प्रणालीमा रहेको अधिक तरलता (लगानीयोग्य रकम) मा कमी आउन थालेको छ ।

मुलुकको आर्थिक गतिविधि लयमा फर्किन थालेपछि कर्जा माग (प्रवाह) बढेको र सो अनुपातमा निक्षेप संकलन (स्रोत) बढ्न नसक्दा तरलतामा कमी आएको जानकारहरू बताउँछन् ।

राष्ट्र बैंकका अनुसार बुधबारसम्म वित्तीय प्रणालीमा ३४ अर्ब रुपैयाँ अधिक तरलता छ । तरलता व्यवस्थापन गर्ने क्रममा करिब साढे ९ अर्ब रुपैयाँ राष्ट्र बैंकले बजारबाट तानेको छ ।

उक्त रकम पनि जोड्दा हाल वित्तीय प्रणालीमा करिब साढे ४३ अर्ब रुपैयाँ अधिक तरलता छ । दुई महिनाअघिको तुलनामा यो निकै कम हो । गत चैत यताका प्रायः महिनामा अधिक तरलता डेढ देखि २ खर्बको हाराहारीमा थियो ।

अधिक तरलतामा कमी हुन थालेपछि वित्तीय प्रणालीमा ब्याजदर वृद्धिको चर्चा चल्न थालेको छ । केही बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपको ब्याज बढाइसकेका छन् भने केहीले बढाउन गृहकार्य गरिरहेका छन् ।

पछिल्लो एक सातायता अन्तरबैंक ब्याजदर एक्कासि बढेर ३ प्रतिशत पुग्नु पनि तरलता संकुचनको बलियो प्रमाण भएको जानकारहरू बताउँछन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस