सिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रमले पायो पिठाधीश, योगी खेचर नाथलाई मुल महन्तको जिम्मेवारी

प्रकाश सिग्देल

विहीबार, २७ फागुन २०७७, १९ : ०१
सिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रमले पायो पिठाधीश, योगी खेचर नाथलाई मुल महन्तको जिम्मेवारी

नवलपुर। श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रम धार्मिक वन गैँडाकोट १० कोटीहोम स्थलीमा योगी खेचर नाथको पदस्थापना गरिएको छ । राष्ट्र गुरु योगी नरहरिनाथका उत्तराधिकारी काठमाडाँै मृघस्थलीका महन्त योगी श्रीषनाथले दीक्षा दिई योगी खेचर नाथलाई कोटीहोम स्थलीको महन्तका रुपमा पदबी प्रदान गर्नु भएको हो । महाशिवरात्रीको अवसर पारेर कोटिहोम स्थलीमा एक भब्य कार्यक्रम गरी योगी यदुनाथ प्रोखेललाई, योगी श्रीषनाथले खेचर नाथ नाम प्रदान गरी महन्तको जिम्मेवारी दिनु भएको हो । 

राष्ट्रगुरु योगी नरहरि नाथले कोटिहोम गर्नु भएको त्यस स्थानमा गुरुकुल, गौशाला निमार्णदेखि आध्यात्मिक ज्ञान केन्द्र अर्थात् नेपालको बिन्दाबन बनाउने उद्देस्यसहित गुरुयोजना निर्माण गरी काम थालिएको छ । योगी नरहरीनाथका चेला तथा बागेस्वरी आध्यात्मिक परिषदका पूर्वअध्यक्ष एवं कोटिहोम स्थलीका संरक्षक शान्त पोख्रेलले कोटीहोम स्थलीलाई नेपालकै नमुना आध्यात्मिक केन्द्रका रुपमा विकास गर्न गुरुयोजना निर्माण गरेर अगाडि बढेको बताउनुभयो ।

त्यहाँ गुरु गोरखनाथको बिशाल मन्दिर निमार्ण गर्ने, विभिन्न २१ वटा कुटी ध्यान केन्द्र निर्माण गर्नेदेखि समाबेशी गुरुकुल निर्माण गर्ने गौशाला निमार्ण गर्ने र देशकै महत्वपुर्ण शक्तिपिठ बनाउने योजना रहेको आश्रमका मठाधिस योगी खेचरनाथले बताउनु भयो । राष्ट्रगुरु योगी नरहरि नाथ आदि नाथ प्रवर्तित नाथयोग सम्प्रदायका मुकुट मार्ग, महायोगी गुरु गोरखनाथ परम्पराका योगी शिरोमणी मानिनुहुन्छ ।  

कार्यक्रममा प्रमुख अतिथि धार्मिक व्यक्तित्व नेपाली कांग्रेसका नेता विष्णु कार्कीले कोटीहोम स्थलीको गुरुयोजना अनुसार अगाडि बढ्ने हरेक काममा आफनो साथ र सहयोग रहने बताउनुभयो । उहाँले सो अवसरमा  ५१ हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोगको घोषणा गर्नु भएको थियो ।  
श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रम धार्मिक वनका अध्यक्ष मनोहरि कँडेलले कोटीहोम यज्ञ आदिका माध्यमबाट वैदिक सनातन दर्शन, वेद, गायत्री, संस्कृत भाषा र गाईको महत्वबारे मानव समाजलाई शिक्षित तुल्याउन राष्ठ गुरु योगी नरहरिनाथले कोटीहोम गर्नु भएको बताउनुभयो ।

श्री सिद्धिदात्री दुर्गा मन्दिर कोटीहोम आश्रम धार्मिक वनमा योगी नरहरिनाथको १०६ औं प्रकाट्य दिवसको दिन संस्कृत विद्यापिठम गीता पाठशाला स्थापना गरिएको थियो । समावेशी गुरुकुल निर्माण गरिएकाले समाजका सबै जातजातिका मानिसका छोराछोरी यो गुरुकुलमा बसेर निःशुल्क अध्ययन गर्न पाउने छन ।

योगीले गैँडाकोटको पितौजीमा ३४ औँ कोटीहोम यज्ञ गर्नु भएको थियो । कार्यक्रमा आश्रमका संस्थापक अध्यक्ष चन्द्रधोज जैसी र उहाको समिति, पूर्वअध्यक्ष पदम ढकाल र उहाँको समिति, जागेश्वर कँडेल र उहाँको समिति , निर्वतमान अध्यक्ष कृष्णप्रसाद कंडेल र समितिका पदाधीकारीहरु सहभागी भएका थिए । मन्दिरमा अखंण्ड कृतन भइराखेको छ । 

प्रतिक्रिया दिनुहोस