दुई किलो लागु औषध 'अफिम’ सहित दुई भारतीय महिला पक्राउ

सफल खबर संवाददाता

विहीबार, २७ फागुन २०७७, ११ : ३५
दुई किलो लागु औषध 'अफिम’ सहित दुई भारतीय महिला पक्राउ

काँकरभिट्टा । मेचीनगर नगरपालिका–६ स्थित एक होटलबाट आज दुई किलो लागुऔषध (अफिम) सहित दुई भारतीय महिला पक्राउ परेका छन् ।

न्यू विशाल होटलको कोठा नम्बर १०५ मा लुकीछिपी बसेको अवस्थामा प्रहरीले भारत मणिपुर राज्यको राजधानी इम्फालकी ३० वर्षीया लक्ष्मी क्षेत्री र पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लाकी ३८ वर्षीया गायत्रीदेवी क्षेत्रीलाई पक्राउ गरेको हो ।

उनीहरूले कालो, निलो रंगको प्लाष्टिकको झोलाभित्र दुई वटा पोका बनाई लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध अफिम फेला पारी लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले सो बरामदसहित पक्राउ गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस