संसद सचिवालयलाई निर्वाचन आयोगको पत्र : ‘एमाले र माओवादी केन्द्र अलग पार्टी'

सफल खबर संवाददाता

बुधबार, २६ फागुन २०७७, ११ : २३
संसद सचिवालयलाई निर्वाचन आयोगको पत्र : ‘एमाले र माओवादी केन्द्र अलग पार्टी'

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्र औपचारिक रुपमा अलग पार्टी रहेको पत्र निर्वाचन आयोगले  संसद सचिवालयमा पठाएको छ । आयोगले पठाएको सो पत्र सचिवालयमा दर्ता भएको हो ।

एमाले र माओवादी केन्द्र औपचारिक रुपमा विभाजित रहेको जानकारी आयोगले गराए पनि दुवै दलका सांसद भने सत्ता पक्षकै लहरमा बस्ने छ ।माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण भिन्दै लहर बनाउनु नपरेको हो ।

सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले मंगलबार नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग भएको निणर्य गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस