महिनावारी रोक्ने औषधि प्रयोग गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् यसका गम्भीर असरहरु

एजेन्सी

मंगलबार, २५ फागुन २०७७, १७ : २०
महिनावारी रोक्ने औषधि प्रयोग गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् यसका गम्भीर असरहरु

काठमाडौं । महिलाहरुमा हरेक महिना महिनावारी चक्र आउने गर्छ । महिनावारी प्राकृतिक प्रक्रिया हो । हरेक महिना २८ देखि ३८ दिनको बीचमा महिनावारी चक्र शुरु हुन्छ । तर, कहिलेकाँही महिलाहरु कुनै विशेष कार्यक्रममा लागि औषधि खाएर महिनावारीलाई पछाडि सार्ने काम गर्छन् । यस्ता औषधिले महिनावारी त पछाडि सार्छ तर यसले स्वास्थ्यमा गम्भीर असर पार्छ । 

कसले प्रयोग नगर्ने ? 
३० वर्षभन्दा बढी मधुमेह वा मोटोपनको शिकार भएका महिलाहरुले यो औषधिको सेवन गर्नुहुँदैन । यस्ता औषधिले स्वास्थ्यमा समस्या बढाउँछ । 
यसैगरी, रगत जम्ने समस्या छ भने यस्तो औषधिले झनै समस्या बढाउँछ । 

समस्या
- महिनावारी रोक्ने औषधिले महिनावारी चक्र र सम्पूर्ण प्रजनन् स्वास्थ्यमा असर पुर्याउँछ । यसले महिनावारी चक्र बिगार्छ । साथै, महिनावारी चक्र पनि गडबढ गर्छ । 

- यस्तै, यस्ता औषधिले गर्भाधान गर्न पनि असर पुग्छ । यसका साथै, यस्ता औषधिले २० प्रतिशत महिलामा अत्यधिक रगत बग्ने समस्या पैदा गर्छ । जुन कयौँ महिनासम्म रहन्छ । 

- बारम्बार यस्ता औषधिको सेवनले नसामा रगत जम्ने, पल्मोनरी एन्बोलिज्म जस्ता रोगको खतरा बढाउँछ । यसले पेटमा दुखाई बढ्ने, ऐठन हुने र बान्ता हुने जस्ता समस्या पैदा हुन्छ । 

- महिनावारी रोक्ने औषधिले मिर्गौलामा मेटाबोलाइज्ड गर्ने प्रक्रिया रोक्न सक्ने भएकाले स्वास्थ्यसँग जोडिएको विभिन्न समस्याहरु पैदा हुन्छ । 

- महिनावारी रोक्ने औषधिले हर्मोनमा गडबढी पैदा गर्छ । 

- महिनावारी नियमित नहुने भएकाले पेटमा बोसो जम्मा हुन थाल्छ । जसले गोप्य अंगमा इन्फेक्शन हुने, इरिटेशन हुने, पिसाबमा जलन हुने, थकान, कमजोरी र पेट खराब हुने जस्ता समस्या हुन्छ । 

प्रतिक्रिया दिनुहोस