कांग्रेस नेता जोशीलाई देखियो थप समस्या, पुनः भेन्टिलेटरमा राखेर उपचार गरिदै

सफल खबर संवाददाता

मंगलबार, २५ फागुन २०७७, १५ : २४
कांग्रेस नेता जोशीलाई देखियो थप समस्या, पुनः भेन्टिलेटरमा राखेर उपचार गरिदै

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई पुनः भेन्टिलेटरमा राखिएको छ । मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएका जोशीको शनिबारदेखी स्वास्थ्य अवस्था थप समस्या देखिदाँ पुनः भेन्टिलेटरमा राखेर उपचार गरिएको चिकित्सकहरूले बताएका हुन् । 

फागुन १३ मा मस्तिष्कघात भएका ५७ वर्षका जोशीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरको छ। उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको चिकित्सकहरूले बताएका छन्। 

डाक्टर राजिव झा नेतृत्वको चिकित्सक टोलीले जोशीलाई उपचार गरिरहेको छ।

जोशीको स्वास्थ्य अवस्था गत शनिबारदेखि बिग्रेको डाक्टर झाले जानकारी दिए। जोशीको ब्लड प्रेसर हेर्दा स्थिर नै रहेपनि अहिले उनी कोमामै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस