सर्लाहीको लालबन्दीबाट १३ जुवाडे पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २५ फागुन २०७७, ११ : ५१
सर्लाहीको लालबन्दीबाट १३ जुवाडे पक्राउ

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाबाट १३ जुवाडेलाई प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दीका कृषि उपज बजार सञ्चालक समितिका अध्यक्षसहित अन्य व्यापारीहरु रहेको प्रहरी स्रोतले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले सोमबार दिउँसो लालबन्दीको तरकारी बजारबाट भित्रपट्टी जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

दिउँसो ४ बजेतिर प्रहरी टोलीले छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा उनिहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई जुवातास नियन्त्रण ऐन अन्तर्गत कारबाही गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस