काठमाडौँ । आँउदो चैत ९ गतेबाट दुर्लभ एकसिंगे गैंडा गणना शुरु हुने भएको छ । गत वर्ष नै हुनुपर्ने गणना कोरोना महामारीका कारण स्थगित भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जबाट गणना सुरु गर्ने निर्णय गरेको विभागले जनाएको छ ।
गैंडा गणना हरेक ५ वर्षमा गैंडा गणना गरिन्छ । गत वर्ष विभागले चैत १० देखि गणना गर्ने गरी सबै प्राविधिक तयारी पूरा गरे पनि लकडाउन घोषणापछि रद्द गरिएको थियो । गैंडा पाइने निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकहरूले एक–एक गरी गैंडा गन्छन् ।
यसका लागि हात्ती, दूरबिन र क्यामेरालगायतको प्रयोग गरिन्छ । गैंडाको संख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन गैंडा गणना गरिन्छ । गणनाको निष्कर्षअनुसार संरक्षणको रणनीति अपनाइन्छ ।
गैंडा गणनाका लागि सरकारले गत वर्षदेखि बजेट विनियोजन गर्न थालेको छ । यसअघि संरक्षणमा सघाउने दातृ निकायसँग सहयोग लिइन्थ्यो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा गरी चारवटा निकुञ्जमा गैंडा छन् । पछिल्लो पटक सन् २०१५ को गणनाअनुसार नेपालमा कुल ६ सय ४५ वटा गैंडा थिए । गैंडा पर्यटकको मुख्य आकर्षण रहँदै आएका छन् ।
गैंडा र बाघकै कारण चितवन र बर्दिया निकुञ्ज वन्यजन्तु सफारीका लागि विश्वमै प्रख्यात छन् । विभागले गणना सुरु गरेको एक महिनाभित्रै प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ फागुन २०७७, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आठ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २० गैँडा मरे
गैँडाको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो
चितवनमा गैँडाको आक्रमण बढ्दो : दुई महिनामा ६ जनाले गुमाए ज्यान
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
५ महिनामा १२ वटा गैँडा मृत भेटिए