कतारमा नेपाली सुरक्षा गार्ड पठाउने तयारी

पत्रपत्रिकाबाट

मंगलबार, २५ फागुन २०७७, ०७ : ४६
कतारमा नेपाली सुरक्षा गार्ड पठाउने तयारी

काठमाडौं । सन् २०२२ मा कतारमा हुन गएको विश्व कप फुटबल प्रतियोगिताका लागि आवश्यक पर्ने सुरक्षा गार्ड नेपालबाटै पठाउने विषयमा पहल भइरहेको बताइएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले आइतबार एक कार्यक्रममा सुरक्षा गार्डमा जीटुजी सम्झौता गरेर नेपाली श्रमिक कतार पठाउने विषयमा नेपालका लागि कतारका राजदूतसँग एक-दुई चरण छलफल भएको जानकारी दिए ।

कतारको सुरक्षा गार्डमा पठाउने भन्दै केही समयअगाडि वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले अवैध अन्तर्वार्ता लिएका थिए र ती म्यानपावरलाई वैदेशिक रोजगार विभागले कानुनअनुसार कारबाही पनि गरिसकेको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले कतार र नेपाल सरकारबीच यसअघि भएको श्रम सम्झौता संशोधन गर्ने बेला भएकाले अबको नयाँ सम्झौता जीटुजी गरेरै जानुपर्छ भन्ने विषयमा छलफल भएको बताए । गोरखापत्रमा खबर छ ।