प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु, सर्वोच्चको फैसला पुनरावलोकनका लागि जाने वा नजाने भन्ने निर्णय लिँदै

सफल खबर संवाददाता

सोमबार, २४ फागुन २०७७, १६ : १९
प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु, सर्वोच्चको फैसला पुनरावलोकनका लागि जाने वा नजाने भन्ने निर्णय लिँदै

काठमाडौँ । नेकपा नामको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको पार्टीलाई दिएसँगै सर्वोच्च अदालतले नेकपा पार्टीलाई अस्तित्वविहीन बनाएपछि लुप्त नेकपाको प्रचण्ड–माधव पक्षले बोलाएको स्थायी समिति बैठक सुरु भएको छ । 

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको स्थायी समिति बैठक केहीबेर अघि सुरु भएको हो । 

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेपछि बोलाइएको यस बैठकमा सर्वोच्चको फैसलाबारे छलफल गरेर फैसला पुनरावलोकनका लागि जाने वा नजाने भन्ने निर्णय गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस