यमन । यमनको राजधानी सहरस्थित एक आप्रवाशी शिविरमा भएको आगलागीमा परी आइतबार कम्तीमा पनि आठ आप्रवासीको ज्यान गएको बताइएको छ । त्यस शिविरमा भएको आगलागीमा उक्त शिविरका सुरक्षा गार्डहरू पनि परेको बताइएको छ । यस क्रममा अरु केही संख्यामा घाइते भएका पनि अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ ।
यस आगलागीमा परी आठ व्यक्तिको मृत्यु भएको पुष्टि गरियो र मृत्यु हुनेहरूको संख्या अझ धेरै रहेको हुनसक्ने बताइएको छ । सो कुरा आप्रवासी अन्तर्राष्ट्रिय संगठनको मध्यपूर्व र उत्तर अफ्रिकाका क्षेत्रीय निर्देशक कार्मेला गोडेउले जानकारी दिएका छन् । उनले सोमबार आफ्नो ट्वीटरमार्फत् सो कुराको जानकारी दिएका हुन् । आईओएमले विशेष गरी आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराइरहेको पनि बताएको छ ।
त्यस आगलागीमा परी कम्तीमा पनि १७० जना घाइते भएका छन् । तीमध्ये केही जना गम्भीर रुपमा घाइते भएका छन् । सो आगलागी के कसरी भएको हो भन्ने बारेमा भने केही थाहा भएको छैन ।यमनमा गएका केही वर्षदेखि हिंसा जारी रहेको छ । यस हिंसामा परी दशौँ हजार नागरिकको ज्यान गएको छ । यस हिंसाका कारण यमन विश्वमा नै सबैभन्दा धेरै मानवीय सहायता आवश्यक पर्ने देशका रुपमा रहेको संयुक्त राष्ट्रसंघले बताएको छ । (सिन्हवा
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २४ फागुन २०७७, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि