१७ वर्षीया किशोरीमाथि पटक पटक बलात्कार गरेको आरोपमा एक जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २३ फागुन २०७७, १५ : १०
१७ वर्षीया किशोरीमाथि पटक पटक बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं ।  १७ वर्षीया किशोरीमाथि पटक पटक बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले धनगढी नगरपालिका ४ सन्तनगर घर भई मध्यपुर ठिमी नगरपालिका ३ कौशलटार बस्ने २७ वर्षीय दुर्गानन्द चौधरीलाई पक्राउ गरेको हो। उनी विरूद्ध पीडित किशोरीले गत शुक्रबार जाहेरी दिएकी थिइन्।

सोही जाहेरीको आधारमा उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए । डिएसपी गिरीका अनुसार चौधरीले ती किशोरीलाई विभिन्न प्रलोभनमा पारेर उदयपुरको गाईघाटबाट बसमा चढाएर भक्तपुरको डेरामा ल्याएका थिए।

उनले किशोरीलाई विवाह गर्ने, घुमाउने लगायतका प्रलोभन समेत दिएको गिरीले बताए। चौधरीले फकाएर आफ्नो डेरामा ल्याइ फागुन ११ गतेदेखि १४ गतेसम्म पटक पटक बलात्कार गरेको आरोप छ।

चौधरीमाथि करणी सम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।