निमको जुस पिउँदा तौल कम हुन्छ, थाहा पाउनुहोस् निमको अन्य फाइदा

एजेन्सी

आइतबार, २३ फागुन २०७७, १२ : १५
निमको जुस पिउँदा तौल कम हुन्छ, थाहा पाउनुहोस् निमको अन्य फाइदा

काठमाडौं । निमको स्वाद अत्यधिक तितो हुन्छ । यसमा क्याल्शियम, आइरन, एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल तत्वहरु पाइनछन् । विशेषगरी मोटोपनका कारण चिन्तामा रहेका व्यक्तिहरुका लागि निमको जुस फाइदाजनक हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्छ ।

मोटोपनका कारण समस्यामा रहेका व्यक्तिहरुका लागि निमको जुस पिउँदा तौल कम गराउँन मद्दत गर्छ । निमको जुस घरमा नै बनाउन सकिन्छ ।

आवश्यक सामाग्रीः
निमको पात २५० ग्राम
पानी १ लिटर
कागतीको रस (स्वादअनुसार)

विधिः
१ निमको पात सफा गरेर रातभर भिजाउने
२. भिजाएको निमको पात पिस्ने
३. तयार भएको पेस्टमा १ लिटर पानी र कागतीको रस मिसाएर छान्ने र बोतलमा राख्ने
४. उक्त जुस २ देखि ३ दिनसम्म पिउन सकिन्छ ।

अन्य फाइदाः
१. हरेक दिन निमको जुसले पेट, कम्मर जस्ता अंगमा लागेको बोसो पगाल्न मद्दत गर्छ । यसले तौल कम गर्ने र शरीरलाई फिट बनाउँछ ।

२. नियमित रुपमा निमको जुस सेवन गर्दा क्यान्सर जस्ता बिरामीहरुबाट बचाउँछ ।

३. एन्टि ब्याक्टेरियल, एन्टिभाइरल जस्ता गुण पाइने भएकाले रोग प्रतिरोधी क्षमता बढाउँछ ।

४. निमको जुसले कमजोरी हराउँछ र दिनभर ताजा र उर्जावान महसुस गराउँछ ।

५. बच्चाहरुको पेटमा विभिन्न प्रकारका किराहरु परेमा निमको दुई थोपा रस पिलाउँदा पेटमा भएका समस्याहरु कम हुन्छ ।

६. यसले रक्तसञ्चार सन्तुलनमा ल्याउँछ । भने यसले रगत पनि सफा गराउँछ । 

७. निमको जुसको सेवनले अनुहारको दागदब्बा, चाँयापोतो, चाउरीपन र डार्क सर्कल कम गराउँछ । 

८. निमको पात क्याल्सियम र आइरनको मुख्य स्रोत भएकाले मांसपेशी र हड्डीहरु मजबुत बनाउँछ । 

९. दाँतको दुखाई कम गर्न पनि निमको जुस फाइदाजनक हुन्छ । 

१०. निमको पातले कपाल पखाल्दा कपाल रुखो हुने समस्या कम हुन्छ । 

प्रतिक्रिया दिनुहोस