विप्लवजी मैले कोरेको गोरेटोमा आइपुग्नु भएको छ, उहाँलाई म धन्यवाद भन्न चाहन्छु : प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, २२ फागुन २०७७, १५ : ४१
विप्लवजी मैले कोरेको गोरेटोमा आइपुग्नु भएको छ, उहाँलाई म धन्यवाद भन्न चाहन्छु : प्रचण्ड

file Photo

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतिक्षामा आफू रहेको बताएका छन् । शनिबार पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले भने, ‘विप्लवजी अन्तत्वगत्वा मैले कोरेको गोरेटोमा आइपुग्नु भएको छ । उहाँलाई म धन्यवाद भन्न चाहन्छु । छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु।’

यस्तै उनले विप्लव आफ्नो टिममा आउनुपर्ने पनि बताए । ‘जहाँसम्म मैले उहाँलाई जानेको छु, चिनेको छु । उहाँ यही ठाउँमा यही लाइनमा यही टिममा उहाँ आउनै पर्छ । मैले धेरै पहिले भनेको थिएँ । जतिबेला उहाँ मबाट अलगिनुभयो । एउटा दिन आउने छ, त्यो दिन तपाईं यहाँ हुने हुने छ भनेको थिएँ ।’

विप्लवले अर्को प्रचण्ड भन्ने प्रयास गरेपनि असफल भएको उनको भनाइ थियो । ‘अर्को प्रचण्ड अहिले हुँदैन भनेको थिएँ। उहाँ प्रचण्डकै बाटोमा आउनुभयो । त्यसकारण उहाँलाई धन्यवाद दिन्छु ।’ 

आफू र माधव नेपालले नेतृत्व गरेको पार्टी नै मुल पार्टी भनेर सावित भइसकेको उनले बताए । शुक्रबारमात्रै विप्लव सरकारसँग ३ बुँदे सहमति भएपनि शान्तिपूर्ण राजनीतिमा सामेल भएका थिए । अर्को प्रशंगमा प्रचण्डले प्रतिगमनविरुद्धको शान्तिपूर्ण जनयुद्धले सर्वोच्च अदालतको फैसलापछि विजय हासिल भएको भएको प्रचण्डको दाबी छ । 

कार्यक्रममार्फत विमल अधिकारीको नेतृत्वको नेकपा माओवादी पार्टी प्रचण्ड–नेपाल समूहमा समायोजन भएको छ । यस्तै विप्लव नेतृत्वमा रहेका केही नेता कार्यकर्ता उक्त समूहमा प्रवेश गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस