दुई वर्षमा देशलाई आत्मनिर्भर बनाउने कृषि मन्त्री अर्यालको दावी

सफल खबर संवाददाता

शनिबार, २२ फागुन २०७७, १४ : २७
दुई वर्षमा देशलाई आत्मनिर्भर बनाउने कृषि मन्त्री अर्यालको दावी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले वर्तमान सरकार विगतको गुनासा अन्त्य गर्दै वास्तविक किसानको पहिचान गर्न लागेको बताइन् ।

किसान सुचिकरण राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा उनले किसानको नाममा राज्यको थुप्रै सम्पत्ति नष्ट भयो अब यो किसानको सुचिकरण भएपछि यस्तो समस्या नआउने बताइन् । समाजवादसम्म पुग्न सबै किसानलाई उत्पादनसँग जोड्नु पर्ने उनले बताइन् । सातवटै प्रदेशका कृषि मन्त्री तथा सचिवसँग छलफल गरि समग्र कृषिलाई व्यवस्थित गर्ने निष्कर्ष निकालेको बताउदै उनले देखिनेगरि कार्य गर्नु पर्ने बताइन् ।

ठूल्ठूला क्षेत्रमा उत्पादन गरेर कृषिमा आत्मनिर्भर हुने तर्फ अगाडी बढेको बताउँदै उनले पाँच वर्षभित्र निर्यातमा कदम चाल्ने बताइन् । अगामी दुई वर्षमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्यले काम गरिरहेको उनले बताइन् ।

किसान सुचिकरणले कृषकको मनोवल बनाउनुको साथै जिम्मेवार बनाउने उनले बताइन् । यो कार्यक्रमले कृषिमैत्री वातावरण तयार हुने बताउदै उनले ठुलाठुला पूँजीपतिले कृषिमा लगानी गरेको बताइन् । चक्लाबन्दी र सामूहिक खेती गर्नेलाई सरकारले प्रोत्साहन गर्ने उनले दावी गरिन् । एक गाउँ एक उत्पादन कार्यक्रमलाई प्रोत्साहन गर्ने बताउदै कृषिबाट देशलाई समृद्ध बनाउने बताइन् ।

मन्त्रालय नयाँ ढंगले अगाडि बढ्न तयार रहेको बताउदै मन्त्री अर्यालले ३० प्रतिशत किसानलाई प्रविधिमा पहुँच पुर्याउने त्यसमध्ये २० प्रतिशत किसान प्रविधिमा पहुँच पुर्याएको बताइन् ।

इजरायल सरकारसँग किसानलाई प्रविधिमा पहुँच पुर्याउने भनि मिलेर कार्यक्रम गर्न लागेको उनले बताइन् ।
 

प्रतिक्रिया दिनुहोस