प्रभु बैंकद्दारा तालबाराही मन्दिरमा क्यू आर कोड हस्तान्तरण

सफल खबर संवाददाता

शुक्रबार, २१ फागुन २०७७, १३ : ३९
प्रभु बैंकद्दारा तालबाराही मन्दिरमा क्यू आर कोड हस्तान्तरण

पोखरा । । प्रभु बैंक लि. ले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाइ डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्न क्यू आर कोड हस्तान्तरण  गरेको छ ।

फेवातालको बिचमा रहेको बाराही मन्दिरमा आज विहान एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक  रेवती प्रसाद नेपालले क्यू आर कोड हस्तान्तरण  गर्नुभएको हो । 

यो सुविधा संगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन् ।

नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको हो ।