गर्मीबाट बच्ने सजिलो उपायहरु यस्ता छन्

शनिबार, १० चैत्र २०७४, १६ : २८
गर्मीबाट बच्ने सजिलो उपायहरु यस्ता छन्

भरतपुर । केही दिनदेखि चितवन लगाएत सबै ठाँउमा गर्मीको पारो बढ्न थालेको छ । अझै तराईका जिल्लाहरुमा त झनै गर्मी धेरै नै बढिसकेको छ ।
गर्मीलाई धेरैले मन पराँउदैनन् किनभने गर्मीको बेलामा स्वास्थमा अलि ख्याल गर्न सकिएन भने धेरै खालका समस्याहरु निम्तिन सक्छन् । यस्तोमा हामीलाइ यो कुरा थाहा पाउन महत्वपूर्ण छ कि प्रचण्ड गर्मीबाट कस्तो कस्तो खालका बिमारीहरु हुन सक्छन् र हामी यसबाट कसरी बच्न सक्छौं ।
 
यस्ता छन् गर्मीको कारण हुन सक्ने स्वास्थ समस्याहरू :
–बेलायत स्थित नेशनल हेल्थ सर्भिसको अनुसार उच्च तापक्रम भएमा हिट स्ट्रोक र थकान हुने गरि दुई मुख्य जोखिम हुन्छ ।
 
लगातार उच्च तापक्रम रहिरहेमा लगातार शरिरको तापक्रम बढ्छ र जसले शरिर बाँउडिने र जिउ चिलाउने जस्ता समस्याहरु हुन सक्छ ।

–प्रचण्ड गर्मीमा ब्लड प्रेशर हाइ हुन्छ जुन मुटुको लागि धेरै नै नोक्सानदायक हुन्छ ।

–गर्मीको कारणले शरिरमा पानीको कमी अर्थात डिहाइड्रेशन हुन सक्छ र जसले चक्कर आउने, जीउ चिलाउने र टाउको दुख्ने जस्ता समस्याहरु पनि हुन सक्छन् ।

–अचानक गर्मी बढ्नाले स्वास्थमा सिधा असर पुग्छ । गर्मी बढ्नाले ह्युमिडिटी बढ्छ र तातो हावा तेजसँग चल्न थाल्छ । यस्तो अवस्थामा हिट स्ट्रोकको साथमा क्रोनिक हार्ट डिजिज हुन थाल्छ ।

–अत्याधिक गर्मी हुनाले घरबाहिर रहने मानिसहरु मात्रै होइन बच्चाहरु, वृद्धवृद्धा र यस्ता मानिसहरु जो नियमित औषधि सेवन गरिरहेका हुन्छन उनीहरमा पनि असर पर्छ किनभने यस्ता मानिसहरुले आफ्नो शरिरको तापक्रम नियन्त्रण गर्न पाँउदैनन् ।

–धेरै तापक्रम हुनाले वायुप्रदुषण पनि हुन्छ । गर्मी बढ्नाले संक्रामक रोगहरुको प्रसार धेरै हुन्छ । प्रचण्ड गर्मीमा मच्छड पनि धेरै नै आउन थाल्छन् । यस्तोमा डेंगु, मलेरिया जस्ता भाइरस धेरै छिटो फैलन्छन् ।

(गर्मीमा खानाको कारणले हुने स्वास्थ समस्या पनि धेरै देखा पर्छन् । वास्तवमा गर्मीमा खानेकुरा छिटै नै खराब हुन जान्छ । खानामा छिट्टै नै किटाणुहरु र ब्याक्टेरियाको कारणले खाना खराब हुन्छ ।

–मेन्टल हेल्थ शोधकर्ताहरुको अनुसार गर्मी बढ्नाले मानिसहरुमो मानसिक स्वास्थमा धेरै नै फरक पर्छ । यसको कारणले डिप्रेशन, एन्जाइटी, पोस्ट ट्रमाटिक डिसअर्डर सम्म हुन सक्छ ।
–यसको बाहेक गर्मीमा दादुरा, थायरायड जस्तो गम्भिर रोगहरु बढ्न जान्छन् ।

कसरी बच्ने त चर्को घामबाट ?

सबैभन्दा राम्रो उपाय हो घर भित्र नै बस्ने, ११ देखि ४ बजे सम्मको घाममा बाहिर सकेसम्म ननिस्किनुहोस ।
गर्मीबाट बच्न एयरकन्डिस्नर, पंखा कुलरहरु चलाएर राख्नुहोस ।

यदि घरबाहिर निस्कनु छ भने छाता ओढेर निस्कनुहोस वा क्याप लगाउनुहोस ।

पानी धेरै पिउनुहोस । सकेसम्म धेरै फलफूल खानुहोस र जुसहरु पिउनुहोस ।

बासि तथा झिंगा भन्किएका खाना नखानुहोस । घरबाहिर खाना खाने गर्नुहुन्छ भने सफा र स्वस्था खाना पाइने ठाँउमा मात्रै खानुहोस ।

कुने यात्रामा वा भ्रमणमा जाँदै हुनुहुन्छ भने भने आफ्नो साथमा आधारभुत औषधीहरु राख्नुहोस ।
 

प्रतिक्रिया दिनुहोस