नेत्रविक्रम चन्द (विप्लव) नवलपरासीमा शहीद परिवारसँग भेटघाट गरि काठमाडौका लागि प्रस्थान

सफल खबर संवाददाता

शुक्रबार, २१ फागुन २०७७, ०९ : १२
नेत्रविक्रम चन्द (विप्लव) नवलपरासीमा शहीद परिवारसँग भेटघाट गरि काठमाडौका लागि प्रस्थान

काठमाडौं । सरकारसँगको वार्ता सहमतीमा पुगेसँगै नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द विप्लव गाडी चढेर काठमाडौं प्रस्थान गरेका छन् ।

सरकारले उनलाई ल्याउन हेलिकोप्टर व्यवस्था गरेपनि उनी गाडीमा गएका हुन् । विप्लव नवलपरासीमा शहीद परिवारसंग भेटघाट गरि काठमाडौका लागि प्रस्थान गरेका छन् । काठमाडौं जाने क्रममा उनको पछिल्लो पटकको तस्वीर समेत सार्वजनिक भएको छ । 

हिजो बिहिबार साँझ सम्म उनी काठमाडौं बाहिर कुन ठाउँमा छन् भन्ने  खुलाइएको थिएन् । शुक्रबार आज प्रधानमन्त्री केपी ओली सहभागी हुने कार्यक्रममा उनी पनि सहभागी हुनेछन् ।

सो क्रममा प्रधानमन्त्री ओलसँगै विप्लवले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सरकारी टोली र विप्लव समूहबीच हिजो ३ बुँदे सहमती भएको थियो । 

प्रतिक्रिया दिनुहोस