काठमाडौं । ताप्लेजुङको दोभान बजारमा मङ्गलबार आगलागी हुँदा ४० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बे नेतृत्वको टोलीले सङ्कलन गरेको तथ्याङ्कअनुसार आगलागीमा ४० करोड पाँच लाख २४ हजार २९ रुपैयाँ बराबरको क्षति भएको छ ।
कुल रकममध्ये एक करोड २२ लाख ५० हजार रुपैयाँ बराबर सङ्घ, संस्थातर्फको क्षति भएको छ । त्यसैगरी आगलागीमा १५५ तोला बराबर सुन र ५२० तोला बराबरको चाँदीका गरगहना जलेका छन् ।
चामल ४१ हजार १७५ केजी, अलैँची २९ हजार ६१७ केजी जलेर नष्ट भएको छ भने अन्य घरायसी खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका सामग्री जलेको गाउँपालिकाले जनाएको छ ।
जिल्लाकै दोस्रो ठूलो बजारका रूपमा रहेको मेरिङ्देन गाउँपालिका–३, खाम्लुङको दोभान बजारमा मङ्गलबार बिहान भएको आगलागीमा ५० वटा घर जलेर नष्ट भएका थिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २१ फागुन २०७७, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी