काठमाडौं । ताप्लेजुङको दोभान बजारमा मङ्गलबार आगलागी हुँदा ४० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बे नेतृत्वको टोलीले सङ्कलन गरेको तथ्याङ्कअनुसार आगलागीमा ४० करोड पाँच लाख २४ हजार २९ रुपैयाँ बराबरको क्षति भएको छ ।
कुल रकममध्ये एक करोड २२ लाख ५० हजार रुपैयाँ बराबर सङ्घ, संस्थातर्फको क्षति भएको छ । त्यसैगरी आगलागीमा १५५ तोला बराबर सुन र ५२० तोला बराबरको चाँदीका गरगहना जलेका छन् ।
चामल ४१ हजार १७५ केजी, अलैँची २९ हजार ६१७ केजी जलेर नष्ट भएको छ भने अन्य घरायसी खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायतका सामग्री जलेको गाउँपालिकाले जनाएको छ ।
जिल्लाकै दोस्रो ठूलो बजारका रूपमा रहेको मेरिङ्देन गाउँपालिका–३, खाम्लुङको दोभान बजारमा मङ्गलबार बिहान भएको आगलागीमा ५० वटा घर जलेर नष्ट भएका थिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २१ फागुन २०७७, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि