विराटनगरको कोशी अस्पतालमा टोकन प्रणालीबाट बिल काट्न सुरु

रासस

विहीबार, २० फागुन २०७७, १४ : १०
विराटनगरको कोशी अस्पतालमा टोकन प्रणालीबाट बिल काट्न सुरु

विराटनगर । विराटनगरको कोशी अस्पतालमा  टोकन प्रणालीबाट बिल काट्न सुरु भएको छ। अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. चुमनलाल दासले बिहीबारदेखि सेवाग्राहीको सहजताका लागि अस्पतालमा टोकन प्रणाली राखिएको जानकारी दिए।

कोभिड १९ र लकडाउनपछि अस्पतालमा दैनिक १ हजार १ सय भन्दा बढि सेवाग्राही उपचारका लागि पुग्ने गरेकाले सेवाग्रहीले घण्टौँ लाइन बसेर बिल काट्नुपर्ने समस्याबाट मुक्त हुन अपेक्षा सहित यो व्यवस्था लागू गरेको बताए।

दासले टोकन प्रणालीमा सेवाग्राहीलाई अभ्यस्त बनाउन सबैभन्दा चुनौति रहेको बताए। उनले भने, ‘अहिले बिरामीलाई बिल काट्ने प्राणलीबारे जानकारी गराउनु र बानी पार्नु नै चुनौति रहेको छ। हामीले एकजना सुरुक्षा गार्डले सहयोग गर्ने र पछि बिस्तारै उनिहरुलाई बानी पर्ने विश्वास छ।’

अस्पतालले सेवाग्राहीका चापसँगै थप चार स्थानमा टोकन प्रणाली मेसिन राख्ने योजना गरेको छ। मेडिसिनतर्फ ओपीडी, रेडियोलोजी, प्रयोगशाला ल्याब र गाइनो वार्डमा मेसिन राखिने दासले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस