जनकपुरधाम । सर्लाहीमा छत ढलान गर्ने क्रममा खसेर एकजना मजदुरको मृत्यु भएको छ । सदरमुकाम मलंगवा नगरपालिका ४ पानी टंकीस्थित रामबाबु साहको दोस्रो तल्लाको छत ढलान गर्ने क्रममा खसेर ती मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कौडेना गाउँँपालिका २ इनर्वा बस्ने २० वर्षीय श्याम मुखिया रहेको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए ।
छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० फागुन २०७७, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा हुरीका कारण ६ जना घाइते
वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण, प्रहरीद्वारा पाँच राउण्ड हवाई फायर
बाढी र डुबानले प्रभावित सर्लाहीका गाउँमा खानेपानी समस्या
सर्लाहीमा श्रीमतीको गोली हानेर हत्या
सर्लाहीमा असारमा मात्रै डेढ करोडभन्दा बढी मूल्यका सामान बरामद