नेत्रविक्रम चन्द (विप्लव) समुह र सरकार बिच ३ बुँदे सहमती, बन्दी रिहाइसँगै मुद्धा खारेज गर्ने सहमती

सफल खबर संवाददाता

विहीबार, २० फागुन २०७७, १० : ५५
नेत्रविक्रम चन्द (विप्लव) समुह र सरकार बिच ३ बुँदे सहमती, बन्दी रिहाइसँगै मुद्धा खारेज गर्ने सहमती

काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूह र सरकार बिच ३ बुँदे सहमती भएको छ । सहमती भएसँगै विप्लव समुहले गर्दै आएको हिंसात्मक गतिविधी छोड्ने भएको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएको हो । 

सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । सहमती भएसँगै सरकारले विप्लव समुहका कार्यकर्ताहरुलाई पक्राउ नगर्न गृह मन्त्रालयले निर्देशन समेत दिएको छ । 

प्रतिक्रिया दिनुहोस