काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको देहावसानको शोक मनाउन आज देशैभरका अदालत बन्द हुने भएको छ । सबै अदालतहरु बन्द हुने भएपछि त्यसको प्रत्यक्ष असर नेकपाको विवादलाई पनि परेको छ ।
सर्वोच्च अदालतले आज २० गते नेकपाको विवाद उपर सुनुवाई गर्दै आज निर्णय सुनाउने तिथि निर्धारण गरेका थियो । ऋषि कट्टेलद्वारा दायर नेकपा नामको आधिकारिकतासम्बन्धी रीटउपर न्यायधिस बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले निर्णय सुनाउने भनिएको थियो । अब यसको पेशी थप केही दिन लम्बिनेछ ।
प्रतिनिधिसभा विघटनका कारण चर्किएको नेकपा विवादमा नेपाली काङ्ग्रेस र सजपालगायतका दलहरूले नेकपाको ओली र प्रचण्ड(माधव खेमालाई कुन आधिकारिक हो खुलाएर आफूसङ्ग सहकार्यको प्रस्ताव ल्याउन भनी अत्तो थाप्दै आएका थिए ।
अब प्रक्रिया नथाली अदालतको आदेश कुर्ने निर्वाचन आयोग,नेकपाको आधिकारिकता खोज्ने अन्य दलहरुसहित अन्यौलग्रस्त सरोकारवाला सबैलाई आउँदो आइतबारदेखि शुरु हुने प्रतिनिधिसभा अधिवेशनमा कित्ता खुलाएर पूर्ण तयारीका साथ जान बाटो खुलेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० फागुन २०७७, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र लेखकलाई आइतबार अदालतमा पेश गरिने
रवि लामिछाने अदालत उपस्थित
आगजनीपछि आइतबारदेखि सञ्चालन हुँदै उच्च अदालत तुलसीपुर
अदालतबाट दोषी ठहर भएका १३ जना फरार प्रतिवादी पक्राउ