‘नेकपा विवाद’ निर्णय सुनाउने दिनमै अदालत बन्द, नेकपाको आधिकारिकता बिबाद लम्बियो

सफल खबर संवाददाता

विहीबार, २० फागुन २०७७, १० : ४६
‘नेकपा विवाद’ निर्णय सुनाउने दिनमै अदालत बन्द, नेकपाको आधिकारिकता बिबाद लम्बियो

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको देहावसानको शोक मनाउन आज देशैभरका अदालत बन्द हुने भएको छ । सबै अदालतहरु बन्द हुने भएपछि त्यसको प्रत्यक्ष असर नेकपाको विवादलाई पनि परेको छ ।

सर्वोच्च अदालतले आज २० गते नेकपाको विवाद उपर सुनुवाई गर्दै आज निर्णय सुनाउने तिथि निर्धारण गरेका थियो । ऋषि कट्टेलद्वारा दायर नेकपा नामको आधिकारिकतासम्बन्धी रीटउपर न्यायधिस बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले निर्णय सुनाउने भनिएको थियो । अब यसको पेशी थप केही दिन लम्बिनेछ ।

प्रतिनिधिसभा विघटनका कारण चर्किएको नेकपा विवादमा नेपाली काङ्ग्रेस र सजपालगायतका दलहरूले नेकपाको ओली र प्रचण्ड(माधव खेमालाई कुन आधिकारिक हो खुलाएर आफूसङ्ग सहकार्यको प्रस्ताव ल्याउन भनी अत्तो थाप्दै आएका थिए ।

अब प्रक्रिया नथाली अदालतको आदेश कुर्ने निर्वाचन आयोग,नेकपाको आधिकारिकता खोज्ने अन्य दलहरुसहित अन्यौलग्रस्त सरोकारवाला सबैलाई आउँदो आइतबारदेखि शुरु हुने प्रतिनिधिसभा अधिवेशनमा कित्ता खुलाएर पूर्ण तयारीका साथ जान बाटो खुलेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस