ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको हो ।
आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको हो । सबैभन्दा बढी नेपाल टेलिकमको टावरसहितका संरचना जल्दा रु एक करोड बराबरको क्षति भएको आङ्देम्बेले बताए ।
आगलागीले ठूलो परिमाणमा क्षति पुगेकाले क्षतिको विवरण तयार गर्न निकै समय लागेको थियो । आगलागीपछि क्षतिको विवरणमा जुटेको कार्यदलले गएको मध्यरातमा मात्र क्षतिको विवरण तयार गरेको थियो । मङ्गलबार भएको आगलागीबाट ४९ घर जलेर नष्ट भएका थिए ।
यसैबीच आगलागी क्षेत्रको अवलोकन र राहत वितरणका लागि प्रदेश १ का मुख्यमन्त्रीसहितको टोली आउने कार्यक्रम स्थगित भएको छ । यसअघि अहिले बिहान आउने कार्यक्रम तय भए पनि विराटनगरबाट स्थलमार्ग हुँदै पठाइएको राहत सामग्री आगलागी क्षेत्रमा पुगिनसकेकाले बिहान हुने अवलोकन तथा राहत वितरण कार्यक्रम स्थगित भएको मूख्यमन्त्री राईका प्रमुख स्वकीय सचिव नवराज राईले जानकारी दिए । उनका अनुसार राहत सामग्री आगलागी क्षेत्रमा पुगेपछि मात्रै मुख्यमन्त्रीको टोली आउने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २० फागुन २०७७, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीका घटनामा वृद्धि, एकै दिन नौ स्थानमा आगलागी
रौतहटमा गुडिरहेको यात्रुवाहक बसमा आगलागी
भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु
जुत्ता-चप्पल गोदाममा आगलागी, ७० लाखको क्षति
टिपरमा एकाएक आगलागी
फ्रान्सको जंगलमा भीषण आगलागी, महिलाको मृत्यु