काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्ने देखेपछि नेकपाको दाहाल–नेपाल समूहले अविश्वास प्रस्ताव फिर्ता लिएको बताउनुभएको छ ।
भरतपुरमा आज आयोजित राष्ट्रिय युवा सङ्घ नेपाल चितवनको कमिटी घोषणा, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, “त्यही भएर अब अरु दलका नेतालाई गुहार्न थाल्नुभएको छ ।” उहाँले सूर्य चिन्ह आफ्नो पार्टीमै कायम रहने पनि जिकिर गर्नुभयो ।
“दाहाल–नेपाल पार्टी फुटाएर जानुभो तर पार्टी फुटेको घोषणा गर्न सक्नुभएको छैन । मैले पार्टी फुटाएँ भनेर निर्वाचन आयोगमा जानुभएको छैन । किनभने उहाँहरुलाई सूर्य चिह्नको माया लागेको छ”, उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा सूर्य चिन्नबिना दाहाल र नेपाललाई कुनै भोट प्राप्त हुन सक्दैन ।”
कार्यक्रममा युवा सङ्घका इञ्चार्ज बस्नेतले चितवन कमिटीका ५०१ लाई शपथ ग्रहण गराउनुभएको थियो । जिल्लामा सुशील केसीको संयोजकत्वमा युवा सङ्घ गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १९ फागुन २०७७, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई गुण्डुमै कुटी बनाएर राख्ने महेश बस्नेतको घोषणा
जेनजी आन्दोलनको मलजल गर्नेलाई एमालेबाट बिदा गर्न महेश बस्नेतको प्रस्ताव
ओलीलाई महेश बस्नेतकै भर, गुन्डुबाटै राजनीतिक पुनरागमनको कोसिस
हिम्मत भए ओलीलाई पक्राउ गरेर देखाउन सरकारलाई महेश बस्नेतको चुनौती
सुदन गुरुङलाई परीचालन गरीएको छ : महेश बस्नेत
महेश बस्नेतको आरोप : ‘जेनजी सरकारले मलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल गर्न खोज्यो’