कांग्रेस सरकारमा जानुपर्छः महामन्त्री डा कोइराला

रासस

बुधबार, १९ फागुन २०७७, १२ : ०३
कांग्रेस सरकारमा जानुपर्छः महामन्त्री डा कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी नेकपा को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन् । उनले आज पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए ।  
    
उनले  कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने बताए । प्रतिनिधिसभाका सदस्य डा कोइरालाले भने, “ नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ ।

त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।” उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए ।

” फरक प्रसङ्गमा महामन्त्री डा कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन शुरु  हुने जनाउँदै अब  भने मिति नसर्ने बताए । 

प्रतिक्रिया दिनुहोस