काठमाडौं । बर्दियामा भैँसी चराउन गएका एक पुरुषलाई बाघले झम्टिएर लगेको छ । बर्दिया राजापुर १० का एक व्यक्तिलाई भैँसी चराउन गएका बेला बाघले झम्टिएर लगेको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले भैँसी चराउन गएका बेला एक पुरुषलाई बाघले लगेको जानकारी दिए । हात्तीको सहारामा उनको खोजी गरिएको प्रहरीले जानकारी दिएको छ । राजापुर–१० का लालबहादुर थारु भैँसी चराउन गएका बेला बाघले झम्टिएको थियो ।
राति नै उनको शव फेला परेको प्रहरीले जनाएको छ । बर्दियामा बाघको संख्या बढ्दा अधिकांश स्थानको जंगलमा बाघ देखिन थालेका छन् । पछिल्लो समय बाघको आक्रमणमा परि सर्वसाधारणको मृत्यु हुने संख्या पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ फागुन २०७७, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा बाघको गणना हुँदै
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
बाघको आक्रमणबाट वृद्धको मृत्यु
गत वर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
४ जनाको ज्यान लिने बाघ ‘डार्ट’ हानेर नियन्त्रण